birat ribon

पूर्वमन्त्री बस्नेत भन्छन् : ओलीले गरेको विकास देख्न नसकेर विरोधीहरूको प्रेसर बढेको छ

Neuro
पूर्वमन्त्री बस्नेत भन्छन् : ओलीले गरेको विकास देख्न नसकेर विरोधीहरूको प्रेसर बढेको छ

तनहुँ / नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरि विकासको लहर ल्याएको देखेर विरोधीहरूको प्रेसर बढेको बताएका छन् । मङ्गलबार राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी तनहुँले दमौलीमा गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले ओलीले गरेको विकास देख्न नसकेर प्रतिपक्ष र पार्टीभित्रका सत्ताको लोभ गर्नेहरू आत्तिएको बताए ।

देशभरिका स्थानीय तहमा एकैचोटी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने, कृषिमा यान्त्रीकरण गर्ने, रासायनिक मल कारखानाको सुरुङ्ग मार्ग निर्माण गर्दै सुरुङ्ग युगको शुरुआत गरेर विकासको लहर आउन थालेपछि विरोधीको प्रेसर बढेको उनको भनाइ छ ।

cura insider

‘केपी नै जनताले चाहने र पार्टीभित्र झन् लोकप्रिय नेता बन्ने अवस्था आएपछि विरोध गरेर असफल बनाउने षडयन्त्र गरियो’ उनले भने ।

फागुन २३ गतेको अदालतको पैmसलाले अधिवेशनबाट निर्वाचित अध्यक्षलाई अध्यक्ष मान्नु पर्दैन ? भन्दै प्रतिप्रश्न गर्दै समानान्तर पार्टी गठन गर्ने जस्ता कार्य गरेर प्रतिगमनको अड्डा जमाउने काम भएको बस्नेतले बताए ।

jackson ribon