birat ribon

कपाल झर्नुका चार कारण

Neuro
कपाल झर्नुका चार कारण

विराटनगर / कम उमेरमा मानिसहरू कपाल झर्ने समस्याबाट पीडित हुन थालेका छन् । महिलाहरूमा मात्र नभई पुरुषहरूमा समेत कपाल पातलो हुने, हेयरलाइन पहिलेको भन्दा माथि सर्ने, एलोपेसिया (साना प्याचमा कपाल झर्ने समस्या)लगायतका समस्या देखिन सक्छ ।

कपाल झर्ने समस्यालाई रोक्नका लागि मानिसहरूले बजारमा पाइने विभिन्न केमिकलले बनेका स्याम्पु, तेल तथा कन्डिसनरका साथै अरूको कुरा सुनेर, युट्युब हेरेर घरेलु उपायका धेरै प्रयासहरू पनि अपनाउँदै आएको पाइन्छ ।

cura insider

यसले कोहीमा कपाल झर्ने समस्या कम गरे पनि धेरैमा हानि पु¥याइरहेको हुन्छ । कपाल झर्नुको मुख्य कारण पत्ता लगाई सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । कपाल झर्नु, एलोपेसिया हुनु वा तालु हुनुका केही कारण यस्ता हुन सक्छन् ।

– पारिवारिक इतिहास पनि कापल झर्ने समस्याका लागि जिम्मेवार हुन्छ । सामान्यतया पुरुषहरूमा पाइने टेस्टोस्टेरोन हर्मोनलाई एक उमेरपछि डिहाइड्रोटेस्टोस्टेरोन (डिएडिटी) हर्मोनमा रूपान्तरण हुन्छ जुन स्क्याल्पमा केवल कपालको विकासका लागि जिम्मेवार हुन्छ । वंशानुगत कारणले, उक्त हर्मोनको स्तर बढ्दा टाउकोको अगाडि कपालको जरा बिस्तारै कमजोर हुँदै जान्छ, जसकारण कपाल झर्ने वा टुट्ने हुन्छ । यस्तो समस्या ९५ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलामा पाइने हुन्छ ।

– पौष्टिक खानाको कमी वा खानपानका कारण पनि कपाल झर्ने समस्या निम्तिन सक्छ । बायोटिन र प्रोटिन कपालको स्वास्थ्यका लागि आवश्यक छ । भिटामिन, बायोटिन, खनिज र प्रोटिनयुक्त भोजन (बदाम, काजु, बन्दकोभी, फ्याक्ससिड आदि) सेवन कपाललाई स्वस्थ राख्नका लागि पोषक तत्वहरूको बृद्धि गर्छ । यी पोषक तत्वको कमीले एलोपेसिया वा तालुखुइले हुने सम्भावना बढ्छ ।

– जीवनशैलीका कारण पनि कपाल झर्ने समस्या निम्तिन्छ । प्रदूषण, अत्यधिक तनाव र रासायनिक उत्पादनको लगातार प्रयोगले कपाल झर्ने समस्या बढाउँछ । साथै बारम्बार स्याम्पु र तेललाई परिवर्तन गर्नु पनि कपाल झर्नुको कारण बन्न सक्छ । कपाल कलर गर्ने, स्ट्रेट गर्ने, कर्ली गर्नेजस्ता उपायहरूले कपालको स्वास्थ्यमा हानि पु¥याउने गर्छ । टाउकोको छाला सुक्खा हँुदा वा ओसको क्षतिको कारण कपालका जराहरू कमजोर हुन्छन् जसको नतिजास्वरूप, कपाल झर्न वा टुक्रिन थाल्छन् ।

– कपाल झर्नुको मुख्य कारणमध्ये हार्मोनल परिवर्तन पनि एक हो । थाइरोइड हार्मोनको कमी, महिलामा पिसिओएस, पिसिओएसडी र रक्तअल्पताका कारण कपाल झर्ने समस्या हुनसक्छ ।

jackson ribon