birat ribon

नियमित व्यायामले किड्नी फेल हुने र मृत्युको जोखिम घटाउने

Neuro
नियमित व्यायामले किड्नी फेल हुने र मृत्युको जोखिम घटाउने

विराटनगर / मृगौलामा कुनै पनि समस्या भए सुरुको चरणमा लक्षण नदेखिने कारण समस्या भए पनि थाहा पाउन निकै गाह्रो हुन्छ ।

परिणामस्वरूप किड्नीले काम गर्न छाड्ने, शरीरमा विभिन्न समस्या उत्पन्न हुनुका साथै किड्नी फेल हुने जोखिम पनि बढी हुने गर्छ । वैज्ञानिकका अनुसार सामान्य व्यक्तिको तुलनामा मृगौला बिरामीमा मुटु रोगको जोखिम २० गुणा बढी हुन्छ । नयाँ अनुसन्धानले मृगौलासम्बन्धी कुनै पनि रोग भएका बिरामीले दैनिक व्यायाम गरेमा मृगौला र मुटु दुवैलाई फाइदा हुने देखाएको छ ।

cura insider

ताइवानको नेसनल येङ मिङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गम्भीर किड्नीको समस्याबाट पीडित भएका ४५ सयभन्दा बढी बिरामीको अध्ययन गरेका थिए । अनुसन्धानमा संलग्न मृगौलाका बिरामीको प्रत्येक बानी छ महिनासम्म निगरानी गरिएको थियो । अनुसन्धानले कुनै पनि प्रकारको शारीरिक गतिविधिमा भाग लिने बिरामीमा मृत्युको जोखिम ३८ प्रतिशतले कम भएको पत्ता लगाएको छ ।

सोही समयमा किड्नी फेल हुने सम्भावना पनि १७ प्रतिशतले कम भएको पाइयो । यसबाहेक शारीरिक गतिविधिका कारण हृदय रोगको जोखिम पनि ३७ प्रतिशतले कम भएको अनुसन्धानले देखाएको छ । यसको विपरीत शारीरिक गतिविधिबाट टाढा रहने मृगौला बिरामीमा मृत्युको जोखिम धेरै हुन्छ ।

नेशनल येङ मिङ विश्वविद्यालयका अन्वेषक डा. वे चेङ सेङका अनुसार नियमित व्यायामले पनि मृगौलाका रोगीमा हुने हार्ट रिदम डिसअर्डर नामक समस्याको जोखिमलाई पनि कम गर्छ । मृगौलामा हुने कुनै पनि रोगबाट पीडित हुने बिरामीले दैनिक व्यायाम गर्ने बानी बसाल्नुपर्ने अनुसन्धानको निष्कर्ष रहेको छ ।

jackson ribon