birat ribon

भारतमा ‘स्पुतनिक भी’ले पायो आपतकालीन प्रयोगको अनुमति

Neuro
भारतमा ‘स्पुतनिक भी’ले पायो आपतकालीन प्रयोगको अनुमति

विराटनगर / रुसमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’लाई प्रयोगका लागि भारतमा अनुमति दिइएको छ ।

भारतमा कोरोना महामारीको सङ्क्रमण तीव्र बनेपछि भारतको औषधि नियामक निकायले सोमबार तेस्रो खोपको रूपमा स्पुतनिक भीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । योसँगै स्पुतनिक भी प्रयोगका लागि अनुमति दिने भारत ६०औँ देश बनेको छ । खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइनुभन्दा केही घण्टाअघि भारतीय विज्ञ प्यानलले कोरोना सङ्क्रमणको आपतकालीन अवस्थामा स्पुतनिक भी प्रयोग गर्ने सिफारिस गरेको थियो ।

cura insider

भारतमा स्पुतनिक भी खोप उत्पादनका लागि भारतीय कम्पनी डा. रेड्डीले यसअघि नै सम्झौता गरिसकेको छ । डा. रेड्डी र रुसको वैदेशिक लगानी कोषबीच गत सेप्टेम्बरमा भारतमा क्लिनिकल ट्रायल गर्न सम्झौता भएको थियो । अन्तिम चरणको ट्रायलमा स्पुतनिक भी खोप ९१.६ प्रतिशतसम्म प्रभावकारी र सुरक्षित देखिएको हो ।

अब भारतमा कोरोना भाइरसको सङ्क्रमणविरुद्ध भारतको सेरम इन्स्टिच्युट र अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड, भारत बायोटेकको कोभाक्सिनसहित रसियाको गामालेया रिसर्च इन्स्टिच्युट अफ इपिडियोमोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको स्पुतनिक भी प्रयोगमा छन् ।

कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनले माग नधानेपछि भारतमा खोप अभियानमा बाधा पुगेको थियो भने केही स्थानमा खोप केन्द्रहरू बन्दसमेत गर्नुपरेको थियो ।

jackson ribon