birat ribon

मङ्गल ग्रहमा नासाको हेलिकोप्टर उड्न तयार

Neuro
मङ्गल ग्रहमा नासाको हेलिकोप्टर उड्न तयार

विराटनगर / अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा हेलिकोप्टर उडाउने तयारी गरिरहेको छ ।

मङ्गल ग्रहमा उड्ने भनिएको सानो हेलिकोप्टर ‘इन्जेनुइटी’ हाल मङ्गल ग्रहको सहतमा रहेको छ । मङ्गल ग्रहको पातलो हावामा उड्न कोसिस गर्नुअघि इन्जेनुइटीको अन्तिम परीक्षण भइरहेको छ । इन्जेनुइटीको पहिलो उडान ११ अप्रिलका लागि निर्धारित गरिएको थियो, तर प्रि–उडान परीक्षणको क्रममा केही समस्या आएपछि उडान केही दिनपछिका लागि सारिएको छ ।

cura insider

नासा स्टेटस अपडेटका अनुसार टोलीले हेलिकोप्टरमा सफ्टवेयर अपडेट गर्ने योजना बनाएको छ भने इन्जेनुइटीको उडानलाई अर्को हप्ताका लागि सेट गर्ने भएको छ । १.८ किलोको हेलिकोप्टर इन्जेनुइटीको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने र १० मिटरसम्म हुने बताइएको छ । र, उक्त उडान ३० सेकेन्डका लागि हुनेछ ।

सफल हुँदै गएमा त्यसपछिका उडानहरू लामो र कठिन खालका हुँदै जानेछन् भने इन्जेनुइटीले अन्य ग्रह अन्वेषणका लागि नयाँ अवसरहरू प्रदान गर्नेछ । मङ्गल ग्रहमा हेलिकोप्टरहरूले सम्पूर्ण क्रेटर, क्यान्यन र हिमालहरूको अझ विस्तृत रूपमा अध्ययन गर्न सक्नेछ । इन्जेनुइटीलाई पर्सिभिअरन्स (मङ्गल ग्रहमा अवतरण गरेको यान)सँग पठाइएको थियो ।

पृथ्वीबाट यात्रा गरेको लगभग सात महिनापछि पर्सिभिअरन्स १८ फेबु्रअरीमा मङ्गल ग्रहमा उत्रिएको थियो ।

jackson ribon