birat ribon

कोरोनाको दोस्रो लहर : सतर्कता छैन, सङ्क्रमण भयावह हुन सक्छ

Neuro
कोरोनाको दोस्रो लहर : सतर्कता छैन, सङ्क्रमण भयावह हुन सक्छ
डा. नवराज सुब्बा
जनस्वास्थ्य विशेषज्ञ

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । भारतमा तीव्र गतिमा फैलिएको केही समयपछि नेपालमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

कोरोनाको पहिलो लहरको जोखिम घटिरहेको बेला तथा जनजीवन सामान्य हुँदै गएको थियो । तर दोस्रो वेभको प्रवेशसँगै सङ्क्रमण दर बढ्दो छ ।

cura insider

भाइरसको स्वरूप परिवर्तन अर्थात् म्युटेसन भइरहन्छ । त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति (युके भेरिएन्ट) देखिएको हो ।

नेपालमा युके भेरिएन्टबाट सङ्क्रमित भइसकेको विभिन्न जाँचले देखाइसकेको छ । पुरानो कोरोना भाइरसभन्दा नयाँ भेरिएन्टको सर्न सक्ने क्षमता धेरै छ । यो भेरियन्ट पाँच गुणा बढी सङ्क्रामक रहेको विभिन्न अध्ययनले देखाइसकेको छ ।

पहिले एक जना सङ्क्रमितले भाइरसको सङ्क्रमण एक जनालाई सारिरहेको थियो भने हाल उक्त सङ्ख्या बढेर पाँच पुगेको छ ।

स्वासप्रश्वासबाट सर्ने भाइरसका कारण कोठा, भिडभाड वा सार्वजनिक स्थलमा मास्क नलगाए, दूरी कायम नगरेमा सङ्क्रमण पहिलेको भन्दा छिटो र धेरै जनालाई सर्ने सम्भावना हुन्छ । जसकारण नेपालमा पनि कोरोना भाइरसको युके भेरिएन्ट भित्रिनु गम्भीर चिन्ताको विषय हो । यसले चुनौती पनि थपिदिएको छ ।

नयाँ भेरिएन्टले बच्चाहरूलाई वा कम उमेर समूहका स्वस्थ मानिसमा पनि सङ्क्रमण गराउन सक्ने देखाएको छ । पहिलाको भेरिएन्टले जेष्ठ नागरिक, विभिन्न रोग भएका मानिसमा सङ्क्रमण छिटो सर्ने हुने गथ्र्यो भने बालबलिकाहरूमा सङ्क्रमण हुने दर निकै कम थियो । तर, विभिन्न अनुसन्धानले पहिलाको तुलनामा नयाँ भेरिएन्टले किशोरावस्थाका बालबालिका, विद्यार्थी तथा युवा वर्गमा पनि उल्लेखनीय मात्रामा सङ्क्रमण फैलिएको पाइएको छ । सङ्क्रमण जोखिममा रहेका बालबालिकाले अरुमा पनि सजिलै सङ्क्रमण फैलाउन सक्छन् ।

नागरिकले मास्कको प्रयोग, सामाजिक दूरी, भिडभाड नगर्ने, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग आदि कुरा बिर्सिसकेका छन् । सबै मानिस उत्तिकै सङ्क्रमणको जोखिममा छन् । सङ्क्रमण फैलिन थालेमा वा सङ्क्रमणको दर बढ्न थालेमा लापरवाही गरेका कारण सङ्क्रमणको स्थिति सोचेकोभन्दा भयावह हुन सक्छ ।

विद्यालयबाट सजिलै घरघरमा सङ्क्रमण सर्ने स्थिति रहेकाले विद्यालयलाई केही समय बन्द गरी अनलाइनबाट कक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

जनस्वास्थ्यको दृष्टिकोणबाट हेर्दा यो सङ्क्रमणको दर उच्च गराउन सक्ने एक कारक भएको हुनाले सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि विद्यालय बन्द गर्न सुझाव दिइएको हो ।

युके भेरिएन्टबाहेक लापरवाहीका कारणले पनि सङ्क्रमण बढेको हुनसक्छ ।

नागरिकले मास्कको प्रयोग, सामाजिक दूरी, भिडभाड नगर्ने, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग आदि कुरा बिर्सिसकेका छन् । सबै मानिस उत्तिकै सङ्क्रमणको जोखिममा छन् । सङ्क्रमण फैलिन थालेमा वा सङ्क्रमणको दर बढ्न थालेमा लापरवाही गरेका कारण सङ्क्रमणको स्थिति सोचेकोभन्दा भयावह हुन सक्छ ।

पुरानो भेरिएन्ट जस्तैः रुघामर्की, शरीर गल्ने, थकान, ज्वरो आउने, निमोनिया हुनेलगायत नै नयाँ भेरिएन्टबाट सङ्क्रमित भएमा देखिने लक्षण हुन् । तर, नयाँ भेरिएन्टले रोगको गम्भिरतालाई पहिलेको तुलनामा बढाउने देखिन्छ ।

भाइरसले निमोनिया गराई फोक्सोलाई गलाएर, अक्सिजनको कमी गराउने हुन्छ जसकारण मानिसको मृत्यु हुने गर्छ । भाइरस तीव्र गतिमा फैलिने भएकाले नेपालमा यसको प्रसार व्यापक भएको खण्डमा अस्पतालले धान्न सक्दैन ।

नेपालमा पुनः सङ्क्रमण देखिन थालेपछि खतराको घण्टी बजिसकेको सोच्दै बेलैमा नागरिकले गम्भीरतपूर्वक जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने अवस्था आइसकेको छ ।

सङ्क्रमण बढेसँगै सङ्क्रमितको सङ्ख्यामात्र नभई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्ने र सङ्क्रमणको अवस्था पनि गम्भीर हुनसक्ने सम्भावना धेरै छ । र, सङ्क्रमितको सङ्ख्या बढेमा व्यवस्थापन गर्न र सङ्क्रमणलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।

सङ्क्रमणलाई नियन्त्रण गर्न नसक्दा अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने, अस्पतालमा बेड नपाउने, पहिला संरचना गरिएका अस्पताल र अक्सिजन सिलिन्डरलगायतका आवश्यक सामग्री वा यन्य उपकरणको अभाव हुनसक्ने हुँदा अवश्य पनि मृत्युदरमा वृद्धि हुन्छ । जसले गर्दा भोलि गएर स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था पनि सिर्जना हुनसक्छ ।

भारतमा दैनिक एक लाखभन्दा बढी सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् भने धेरैको मृत्यु पनि भइरहेको छ । धेरैजना उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् । भारतको स्वास्थ्य प्रणाली आत्तिने अवस्थामा पुगिसकेको छ । नेपाल र भारतको सिमाना खुला भएका कारणले पनि थप चुनौती थपिदिएको छ ।

नेपालमा पुनः सङ्क्रमण देखिन थालेपछि खतराको घण्टी बजिसकेको सोच्दै बेलैमा नागरिकले गम्भीरतपूर्वक जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने अवस्था आइसकेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्नका लागि रोकथामको उपायमा ध्यान दिनुपर्ने हुन्छ ।

समयमा बोर्डर तथा नाकामा कडाइ गर्ने, बिरामीहरूको स्क्रिनिङ राम्रो गर्नुका साथै, क्वारेन्टाइन र आइसोलेसनका नियम बनाउनुपर्ने, खोप अभियान सञ्चालनमा ल्याउनुपर्ने, जटिल अवस्थामा पुग्ने बिरामीका लागि उपचार गर्ने राम्रो व्यवस्था हुनुपर्ने, स्वास्थकर्मीहरूलाई तालिम, सुविधाका साथसाथै प्रेरणा दिने, पहिलेका स्वास्थ पूर्वाधारलाई पुनः स्थापित गर्ने, औषधि, अक्सिजन, पिपिई किटलगायतका सामग्रीहरूको अभाव हुन नदिन समय रहँदै पर्याप्त मात्रामा व्यवस्था गर्नुका साथै जनचेतना बढाउनुपर्ने हुन्छ ।

नयाँ प्रकारको भाइरसको सर्ने तरिका, सङ्क्रमण गर्ने समूह, लक्षण पहिलेको भन्दा केही फरक छ, जसकारण पहिलेको भन्दा बढी सतर्कतामा ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सङ्क्रमणबाट बच्नका लागि आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने हुन्छ । व्यक्तिगत स्तरबाट हामीले सार्वजनिकस्थलमा मास्क ठिक तरिकाले र अनिवार्य लगाउने, भीडभाडमा नजाने, कुनै पनि भिडभाड हुने कार्यक्रमको आयोजना नगर्ने, दुई मिटरको सामाजिक दूरी कायम गर्ने, हातलाई नियमित रुपमा धुने वा सेनिटाइज गर्ने, आवश्यक पर्ने काममा मात्र निस्कने गर्नुपर्छ । यी सतर्कताका उपायमा ध्यान नदिएको खण्डमा सङ्क्रमणले पहिलेको चरणभन्दा भयावह स्थिति लिन सक्छ ।

(कुराकानीमा आधारित)

jackson ribon