birat ribon

षड्यन्त्र र बहानाको सँघारमा चैते नवरात्र

Neuro
षड्यन्त्र र बहानाको सँघारमा चैते नवरात्र

आफ्नो चस्माको टुटेको डाँडी मिलाइरहेका कन्टिर–बाबू आज निकै सोचमग्न देखिन्छन् । बुझ्दै जाँदा उनी गम्भीर हुनुपर्ने कारण त आजको दिन पो रहेछ ।

आज एकातिर वर्ष २०७७ को अन्त्य हुँदै छ भने अर्कोतिर चैते नवरात्रको प्रारम्भ हुँदै छ । के गर्नु विचराले साल २०७७ को बिदाइको दुःख मनाउन् कि चैते दसैँ प्रारम्भको खुसियालीमा झ्याली पिटुन् ?

cura insider

बूढा केही पनि गर्ने मूडमा छैनन् । गरुन् पनि किन यार ? यी दुवै कुरा प्रत्येक पटक आउँँछ नि ! के छ नयाँ कुरा यिनमा ? खाली बेकारको लफडा ! यति त नयाँ हो नि कि यी दुवै अवसर सन्जोगले एकै दिन परेछ । कन्टिर–बाबू त यसमा पनि षड्यन्त्रको गन्ध अनुभव गर्छन् ।

अरे यार, यहाँको प्रत्येक कुरा, प्रत्येक गतिविधिमा षड्यन्त्र देखिने ठाउँमा यी दुवै अवसर एकै दिन पर्दा निश्चय पनि त्यहाँ कुनै षड्यन्त्रको गन्ध नहुने सम्भावना सम्भावना भएन । कि कसो शेबदे, ओल्बा, झप्रम, राथा, कथा, उरावाम ?

हाम्रो गणतन्त्र नै अपहरणको षड्यन्त्रमा परेको कन्टिर–बाबूको ठम्याइ छ । उनी गणतन्त्र खोज्न नालिस ठोक्ने मुडमा छन् तर ठोक्ने चाहिँ कहाँ हो ? उनले ठाउँ भेटिरहेका छैनन् ।

त्यसो त नेपाली जनले प्रत्येक अवसरमा घुट्क्याएरै हर्षाेल्लास वा शोक व्यवस्थापन गर्नुपर्ने एउटा विचित्र किसिमको परम्परा पनि हुर्किँदो छ हम्रो नयाँ भनिएको नेपालमा । यसै सन्दर्भमा कन्टिर–बाबू किशोर दाले गाएको एउटा हिन्दी सिनेमाको यो पुरानो गीत सम्झिन्छन्– पिने बालों को पिनेका बहाना चाहिए !

पिनेका बहाना चाहिएवाला गीतको आधारमा भन्ने हो भने परेन त अब फसाद ! कम से कम उल्लिखित दुई अवसर अलग–अलग दिन पारेको भए कम से कम दुई दिन घुट्क्याउन त पाइन्थ्यो । तर ज्योतिषहरूले दुई विशेष अवसरलाई एकै दिन पारेर पियक्कडहरूविरुद्ध कति ठूलो षड्यन्त्र गरेका छन् ! बुझ्दै हुनुहुन्छ नि तपाईँहरू ? कन्टिर–बाबूको प्रश्न छ– यसविरुद्ध कहाँ उजुरी गर्ने ?

त्यसो त हाम्रो गणतन्त्र नै अपहरणको षड्यन्त्रमा परेको कन्टिर–बाबूको ठम्याइ छ । उनी गणतन्त्र खोज्न नालिस ठोक्ने मुडमा छन् तर ठोक्ने चाहिँ कहाँ हो ? उनले ठाउँ भेटिरहेका छैनन् ।

कन्टिर–बाबूलाई प्राप्त सूचनाअनुसार गणतन्त्रलाई एक खास तप्काका व्यक्तिहरूले बन्धक बनाएर राखेका छन । त्यो वर्गले जनतालाई लालिपप चटाएर सत्ता कब्जाुसहित गणतन्त्रलाई बन्धक बनाएको छ ।

अब भन्नुहोस्, कन्टिर–बाबू र ती पियक्कड–बाबूहरूको पीडा कम्ताको छ ? दुवैले आफूहरू षड्यन्त्रको शिकार भएको अनुभव गरेका छन् । यस्तोमा किशोर दालाई सम्झेर नपिएर के गर्नु त ?

तर कन्टिर–बाबू बेसम्हार भएका छैनन् । उनलाई वर्ष २०७७ को बिदाइ र चैते नवरात्रको अवसरमा शुभकामना दिनुपर्छ भन्ने थाहा छ । ल, सबैलाई शुभकामना है !

jackson ribon