birat ribon

अश्वेत युवक मारिएपछि अमेरिकाको दुई सहरमा कर्फ्यु

Neuro
अश्वेत युवक मारिएपछि अमेरिकाको दुई सहरमा कर्फ्यु

विराटनगर / अमेरिकामा अश्वेत युवा मारिएपछि विरोधमा प्रदर्शन हुँदा तनाव उत्पन्न भएको छ । दुई सहरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २० वर्षीय अश्वेत युवा दन्ते राइट मारिएका हुन् । प्रहरीको गोली लागेर उनको ज्यान गएको हो । अवस्था तनावग्रस्त बनेपछि अमेरिकाका दुई सहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाउनु परेको हो ।

cura insider

आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको स्वीकार गरिसकेका छन् । तर प्रदर्शन रोकिएको छैन । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मारिँदा अमेरिकाभर तनाव उत्पन्न भएको थियो ।

jackson ribon