birat ribon

जिप दुर्घटनामा चार जनाको मृत्यु, १७ जना घाइते

Neuro
जिप दुर्घटनामा चार जनाको मृत्यु, १७ जना घाइते

विराटनगर / दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा सोमबार राति ११ बजेतिर भएको जिप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सडकबाट जिप खस्दा ज्यान गुमाउनेहरुमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । उनका अनुसार मृतक सबै एउटै गाउँका हुन् ।

cura insider

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् । यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहका छन् । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका तीर्थालु चढेको जिप दुर्घटनामा परेको हो । उकालो कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप चालकले घुम्ती काट्न नसक्दा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ ।

jackson ribon