birat ribon

सुनसरीमा फल्यो कालो गहुँ

Neuro
सुनसरीमा फल्यो कालो गहुँ

विराटनगर / सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् ।

उनले कालो गहुँ सुगर फ्री क्लाक फलाएका हुन् । कालो गहुँ फलाएका मेहेताले सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए, तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा एक सय ४० किलोग्राम कालो गहुँको बीउ ल्याएर छरेको उनले बताए ।

cura insider

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । विश्वभर कालो गहुँको माग बढेको पाइएपछि जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको उनको भनाइ छ । उनका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon