birat ribon

रेशम चौधरीको सजायमा माफी दिने सरकारको तयारी

Neuro
रेशम चौधरीको सजायमा माफी दिने सरकारको तयारी

विराटनगर / ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमलाल चौधरीको सजायमा माफी दिने तयारी सरकारले गरेको छ ।

सरकारले त्यसका लागि आवश्यक प्रक्रिया पनि अगाडि बढाएको छ । जनता समाजवादी पार्टी (जसपा)ले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो ।

cura insider

उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि थुनामा छन् । अदालतको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ ।

जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला र उच्च अदालतको आदेश नमिलेको र बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबीसहित चौधरीले गत असार ५ मा सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेका थिए । मुद्दा सर्वोच्चमा विचाराधीन छ । नागरिक दैनिकमा समाचार छ

jackson ribon