birat ribon

पिएसजीविरुद्ध पुनरागमनको दाउमा बायर्न, चेल्सी र पोर्टो पनि प्रतिस्पर्धामा

Neuro
पिएसजीविरुद्ध पुनरागमनको दाउमा बायर्न, चेल्सी र पोर्टो पनि प्रतिस्पर्धामा

विराटनगर / युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै छन् । क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगका दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् ।

आज साविक विजेता बायर्न म्युनिख र उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल हुँदैछ । पहिलो लेगमा ३–२ गोलको जित निकालेको पिएसजीले आफ्नो मैदानमा बायर्नलाई आतिथ्यता प्रदान गर्दै छ ।

cura insider

यस खेलमा पिएसजी आफ्नो अग्रता कायमै राख्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ भने बायर्न घरेलु टोलीविरुद्ध पुनरागमन गर्ने दाउमा छ ।

यस्तै आजको अर्को खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोको सामना गर्दै छ । स्पेनस्थित सेभिल्लाको मैदान रामोस सान्चेजमा हुने यो खेलमा चेल्सी जित कायम राख्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा छ ।

पोर्टो भने पहिलो लेगमा ब्यहोरेको २–० गोलको हारमाथि कमब्याक गर्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछ ।

jackson ribon