birat ribon

अभियानको ६० प्रतिशत छायाङ्कन सकियो

Neuro
अभियानको ६० प्रतिशत छायाङ्कन सकियो

विराटनगर / छायाङ्कनरत फिल्म ‘अभियान’को क्लाइमेक्सका तस्बिरहरू सार्वजनिक गरिएको छ । फिल्मको छायाङ्कन धनकुटा जिल्लामा भइरहेको छ । ऐतिहासिक तामाङ थाकथलो किपटको कथामा निर्माण भएको फिल्मलाई लाखमान योन्जनले निर्देशन गरेका हुन् ।

फिल्मको ६० प्रतिशत छायाङ्कन सम्पन्न भइसकेको निर्देशक योन्जन बताउँछन् । फिल्मको छायाङ्कन काभ्रेसँगै रसुवा र इलाममा पनि गरिने बताइएको छ । कोसी भिजनको ब्यानरमा निर्माण भएको फिल्ममा जयनन्द लामा, अमर पाख्रिन तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला ‘डिकु’, मदन राई, शम्भु योञ्जन तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

cura insider
jackson ribon