birat ribon

एक्स, जी र सी सिरिजका मोबाइल ग्लोबल्ली लन्च गर्दै नोकिया

Neuro
एक्स, जी र सी सिरिजका मोबाइल ग्लोबल्ली लन्च गर्दै नोकिया

काठमाडौँ / नोकिया फोन र सहायक उपकरणहरूको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्ट फोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २० र नोकिया सी १० लाई तीनवटा फरक लाइनहरूमा सुव्यवस्थित गरेर आºनो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ ।

टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टर मिडिएड जी सिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरूले युरोपेली मोबाइल कम्पनीबाट प्राप्त गर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

cura insider

‘एचएमडी मोबाइलको लन्चको साथ मोबाइलका सबै चिजहरुको समग्र प्रदायकका लागि हाम्रो यात्राको माइलस्टोन सुरु भएको छ,’ एचएमडी ग्लोबलका सिइओ फ्लोरियन सेसेले भने, ‘यो केवल हाम्रो सुरुवात मात्र हो । नोकिया स्मार्ट फोनहरू सुरक्षाका साथ आउँछन् र सफ्टवेर अपडेट एक्स्ट्रा पिस अफ माइन्डका लागि उपलब्ध छन् ।’

jackson ribon