birat ribon

थप पाँच सय ५९ जनालाई कोरोना सङ्क्रमण, आठ सङ्क्रमितको मृत्यु

Neuro
थप पाँच सय ५९ जनालाई कोरोना सङ्क्रमण, आठ सङ्क्रमितको मृत्यु

विराटनगर / नेपालमा सोमबार पाँच सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार एक सय पाँच परीक्षण गर्दा पाँच सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले चार हजार तीन सय ७८ पिसिआर र सात सय २९ एन्टिजेन परीक्षण गरिएको जनाएको छ । पिसिआर परीक्षण गराएकामध्ये चार सय ९६ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ६३ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ ।

यस्तै आज एक सय ३८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार तीन सय ६ रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon