birat ribon

जब रेफ्रीले मेस्सीलाई खेलको नियमबारे सोधे

Neuro
जब रेफ्रीले मेस्सीलाई खेलको नियमबारे सोधे

विराटनगर / बार्सिलोनाका खेलाडीहरू रियल मड्रिडविरुद्धको खेल ‘एल क्लासिको’मा हार ब्यहोरेको खेलमा रेफ्रीविरुद्ध रुष्ट देखिएका छन् । शनिबार राति रियलको मैदानमा भएको खेलमा २–१ गोलले हारेपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि रेफ्रीसँग रिसाएका छन् ।

रेफ्रीले मेस्सीलाई मैदानमै खेलको नियमबारे सोधेपछि उनी रिसाएको बताइएको छ । त्यसअघि स्पेनिस स्टार जेरार्ड पिके रेफ्रीविरुद्ध मैदानमै खनिएका थिए ।

cura insider

शनिबार राति स्पेनिस ला लिगामा बार्सिलोना साविक विजेता रियल मड्रिडसँग २–१ गोलले स्तब्ध भएको थियो । रियललाई जिताउन करिम बेन्जेमा र टोनी क्रुसले समान एक–एक गोल गरेका थिए भने बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काएका थिए ।

खेलका क्रममा बार्सिलोनाका कप्तान मेस्सीले रेफ्री जेसस गि मन्जानोलाई शिकायत गरेपछि रेफ्रीले मेस्सीलाई खेलको नियमबारे सोधेका थिए ।

‘तपाईँ खेलको नियम थाहा छ कि छैन ?’, उनले भनेका थिए, ‘यदि तपाईँलाई थाहा छैन भने म उनीहरूलाई सिकाउँछु र अनि तपाईँलाई बताउँछु ।’

https://twitter.com/theMadridZone/status/1381004289577996300?s=20

उनले यस्तो बताएपछि मेस्सी रेफ्रीसँग रिसाएको बताइएको छ । मेस्सी मात्र होइन रेफ्रीविरुद्ध डिफेन्डर पिके पनि खनिएका थिए ।

सकिएपछि पिके र रेफ्री जेसस गि मन्जानो एकसाथ मैदानबाहिर निस्कनेक्रममा थिए । त्यसबीचमा उनी मन्जानोविरुद्ध आक्रोश पोख्दै बोल्दै थिए । रेफ्रीमाथि झम्टिँदै गएका पिकेलाई छुट्याउन बार्सिलोनाका अफिसियल टिमका एक सदस्य लागिपरेका थिए ।

तर, उनले ‘मलाई बोल्न देऊ, मलाई बोल्न देऊ’ भन्दै मन्जानो नकिज गएर आफूहरूलाई कम समय दिएको भन्दै रिस पोखे । उनले रेफ्रीलाई भनेका थिए, ‘तपाईँले हामीलाई थोरै अतिरिक्त समय दिनुभयो र मैदानबाट निस्कन धेरै समय लगाउनु भयो ।’

jackson ribon