birat ribon

गधालाई बाबु मान्ने प्रवृत्तिको वृत्तमा राजनीति

Neuro
गधालाई बाबु मान्ने प्रवृत्तिको वृत्तमा राजनीति

देशको बकवास राजनीति हेर्दा–हेर्दा कन्टिर–बाबूलाई दिक्क लागिसकेको छ । उनले एक–दुईवटा कुरा अझै पनि बुझ्न सकेका छैनन्– के राजनीतिको अर्थ र लक्ष्य सत्तामात्र हो ? के राजनीतिको अभीष्ट जनकल्याण र विकास होइन ?

कन्टिर–बाबूको निष्कर्ष छ, नेपालमा हाल राजनीतिका नाममा प्रदर्शित व्यवहारलाई आधार मान्ने हो भने यहाँका नेतालाई मात्र सत्तासँग मतलब छ । देश र जनता जाए भाँड में ।

cura insider

सत्ता प्राप्तिका लागि राजनीतिकर्मीहरू जे पनि गर्न तयार हुन्छन् । मैथिलीमा एक भनाइ छ– अप्पन अछि काज तँ गदहो के कही बाप । अर्थात् आफ्नो स्वार्थ पूरा गर्न गधालाई पनि बाबु भन्नुपर्छ ।

सामाजिक सन्जालमा पोस्टिएका धारणाहरूले भने निश्चय पनि केही सोच्न बाध्य बनाउँछ ।

यो भनाइले स्वार्थ पूर्तिका लागि जस्तै अशोभनीय सम्झौतालाई पनि जायज ठह¥याउँछ, मूल्य–मान्यताका कुराले कुनै अर्थ राख्दैन । नेपाली राजनीति यही दिशामा जान खोजेको हो भने कन्टिर–बाबू सहमत छैनन् ।

तर सामाजिक सन्जालमा पोस्टिएका धारणाहरूले भने निश्चय पनि केही सोच्न बाध्य बनाउँछ । त्यही बाध्यताबीच कन्टिर–बाबू पनि चस्माको डाँडी मिलाउँदै नेपालको राजनीतिक प्रवृत्तिबारे सोचिरहेका छन् ।

एकथरी धारणा यसरी अभिव्यक्त भएको छ– हिजो ओलीलाई मधेसविरोधीको ट्याग भिराउने जसपा, ओलीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन गर्ने जसपा र आज ओलीको प्रतिगमनलाई सदर गर्दै सरकारमा जान खुट्टा उचाल्ने जसपा एउटै हो कि फरक ?

प्रत्युत्तरमा अर्काेथरी धारणा पनि छ– हिजो शेरबहादुरले नै टाउकोका मोल तोकेका, शेरबहादुरलाई नै ४२ बुँदे बुझाएर जङ्गल पसेका, जङ्गल पसेर १७ हजार मारेका । अहिले उही शेरबहादुरलाई प्रधानमन्त्री खाइदे भन्न जानुपर्ने अवस्था, हैन यिनीहरू त्यही माओवादी हुन् कि नयाँ ?

कन्टिर–बाबू यी दुई धारणा यहाँ पस्केर निर्णय निष्कर्ष निकाल्ने जिम्मेवारी पाठकहरूलाई नै सुम्पन चाहन्छन् । उनी आफू भने राजनीति मूल्य–मान्यताका आधारमा निर्देशित हुनुपर्ने पक्षमा छन् ।

कन्टिर–बाबूको धारणा छ– गधालाई बाबु मान्ने वा मान्न लगाउने प्रवृत्तिबाट राजनीति मुक्त हुनुपर्छ । आगे हाम्रा नेताको जो मर्जी ! अनुयायीहरूको जो इच्छा !

jackson ribon