birat ribon

‘घिन्ताङ’मा केकी अधिकारी

Neuro
‘घिन्ताङ’मा केकी अधिकारी

विराटनगर / छायाङ्कनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ मा अनुबन्ध भएका दुई अभिनेत्री हेरफेर भएपछि अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् ।

सुरुमा अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा रहनेगरी अनुबन्धित भएकी थिइन् । तर, उनले फिल्म छाडेपछि लक्ष्मी बर्देवालाई अनुबन्धित गर्दै फिल्मको शुभसाइत गरियो । फिल्मको छायाङ्कन सुरु नहुँदै उनले पनि फिल्मबाट हात झिकिन् ।

cura insider

प्रायः सेड्युल जुधेर वा स्क्रिप्ट चित्त नबुझेर कलाकारहरूले फिल्म छाड्ने गरेका छन् । लक्ष्मीले पनि छायाङ्कनरत फिल्म ‘अनन्त’ सँग सेड्युल जुध्ने भएपछि फिल्म छाडेकी हुन् । उनी बाहिरिएलगत्तै ‘घिन्ताङ’ मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको हो ।

फिल्मलाई दीपक श्रेष्ठ निर्देशन गर्दै छन् । निर्देशक श्रेठ आठ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । अन्तरजातीय प्रेमविवाहको कथामा निर्माण हुने ‘घिन्ताङ’ मा केकीको जोडीको रूपमा गौरव पहारी देखिनेछन् । फिल्मको छायाङ्कन वैशाख ६ गतेबाट सुरु हुने बताइएको छ ।

jackson ribon