birat ribon

युभेन्टसको सहज जित, उपाधि आशा कायमै

Neuro
युभेन्टसको सहज जित, उपाधि आशा कायमै

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति युभेन्टसले जेनोआमाथि ३–१ गोलको सहज जित निकालेको हो ।

घरेलु मैदानमा युभेन्टसलाई जिताउन डेजान कुलुसेभ्स्की, अल्भारो मोराटा र वेस्टन एमसीकेनीले समान एक–एक गोल गरे । जेनोआका जियानलुका स्कामाकाले एक गोल गरे ।

cura insider

खेलको चौथो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । २२औँ मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

४९औँ मिनेटमा स्कामकाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ७०औँ मिनेटमा एमसिकेनीले गोल गर्दै युभेन्टसको ३–१ गोलको जित सुनिश्चित गरे ।

जितसँगै युभेन्टसले उपाधि आशा कायमै राखेको छ । तेस्रो स्थानको युभेन्टसले ३० खेलमा ६२ अङ्क जोडेको छ । दोस्रो स्थानको एसी मिलानसँग ६३ अङ्क भने इन्टर मिलान ७४ अङ्कसहित शीर्ष स्थानमा छ ।

जेनोआ भने ३२ अङ्कका साथ १३औँ स्थानमा छ ।

jackson ribon