birat ribon

म्यान्मारमा सैन्य कारबाही थप सशक्त बन्दै, एकै सहरमा दर्जनौँको मृत्यु

Neuro
म्यान्मारमा सैन्य कारबाही थप सशक्त बन्दै, एकै सहरमा दर्जनौँको मृत्यु

विराटनगर / म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकहरूको शव सेनाले लिएर गएको दावी गरिएको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढीपनि हुनसक्ने बताइएको छ । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

cura insider
jackson ribon