birat ribon

‘प्रेम गीत ३’मा सङ्केत माह्त्रेदेखि सचिन गोलेसम्मको आवाज (भिडियोसहित)

Neuro
‘प्रेम गीत ३’मा सङ्केत माह्त्रेदेखि सचिन गोलेसम्मको आवाज (भिडियोसहित)

विराटनगर / फिल्म निर्माणको घोषणा हुनुअगावै चर्चामा रहेको फिल्म हो ‘प्रेम गीत ३’ । फिल्मको मुख्य पात्र ’प्रेम’ को भुमिकामा नायक प्रदीप खड्का र ’गीत’ को भूमिकामा नव–नायिका क्रिस्टिना गुरुङ छिन् ।

२०७६ साल चैत २८ गते देशभर प्रदर्शन हुनुपर्ने यो फिल्म कोरोना महामारीका कारण स्थगित गरिएको थियो । लामो समयसम्म सिनेमा हल बन्द भएपछि फिल्मका निर्माता सन्तोष सेनले नयाँ प्रोजेक्ट ‘हुतुतु’ को घोषणा गरे । तर कोरोना महामारीका कारण न ‘प्रेम गीत ३’ रिलिज हुन पायो न त ‘हुतुतु’को छायाङ्कन नै ।

cura insider

अब निर्माता सेन फिल्म ‘प्रेम गीत ३’ लाई नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारीमा छन् । त्यसो त फिल्मको केही विदेशी राइटस पहिल्यै बिक्री भइसकेको थियो । फिल्मको हिन्दी डबिङको काम सकिसकेको छ । फिल्मको डबिङ भारतको चर्चित डबिङ स्टुडियो ‘रियल टच स्टुडियो’ मा गरिएको हो ।

निर्माण टिमले फिल्म डबिङको काम गरिरहेको भिडियो सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् । फिल्मको हिन्दी संस्करणमा नायक प्रदीप खड्कालाई चर्चित डबिङ आर्टिस्ट ‘सङ्केत माह्त्रे’ ले आवाज दिएका छन् । ‘सङ्केत माह्त्रे’ उनै डबिङ आर्टिस्ट हुन्, जसले साउथ स्टार अल्लु अर्जुन, थलपती विजय, महेश बाबु’ लगायतलाई हिन्दी आवाज दिने गरेका छन् ।

‘सङ्केत’ को आवाज हलिउड फिल्म डेडपुलमा पनि सुन्न सकिन्छ । यस्तै फिल्मको मुख्य मात्र ‘गीत’ (क्रिस्टिना गुरुङ ) लाई ‘पूजा पन्जाबी’ले हिन्दी आवाज दिएकी छन् । पूजा पन्जाबीले यसअघि साउथ स्टार काजल अग्रवाल, तमान्ना भाटियालगायतलाई आवाज दिएकी छन् ।

फिल्मको खलनायक अर्थात अभिनेता मनिष राउतलाई चर्चित डबिङ आर्टिस्ट ‘मनोज पाण्डे’ले आवाज दिएका छन् । ‘मनोज पाण्डे’ले साउथका थुप्रै कलाकारलाई हिन्दी आवाज दिने गरेका छन्, उनको आवाज फिल्म ‘बाहुबली’का भलालदेवमा निकै रुचाइएको थियो ।

यस्तै फिल्ममा ‘केजिएफ’, ‘राउडी हिरो’ लगायत थुप्रै साउथ फिल्मका मुख्य अभिनेतालाई आवाज दिएका चर्चित डबिङ आर्टिस्ट ‘सचिन गोले’ले पनि आवाज दिएका छन् । यसअलवा फिल्म ‘बाहुबली’मा राजमातालाई आवाज दिएकी ’मौसम’ले पनि आवाज दिएकी छन् ।

फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दीसहित पाँच अलगअलग भाषामा रिलिज हुनेछ । स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतको अभिनय रहेको छ ।

jackson ribon