birat ribon

‘एल क्लासिको’मा हारेपछि रेफ्रीविरुद्ध रिसले चूर !

Neuro
‘एल क्लासिको’मा हारेपछि रेफ्रीविरुद्ध रिसले चूर !

विराटनगर / बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके रियल मड्रिडविरुद्धको खेल ‘एल क्लासिको’मा हारेपछि रेफ्रीविरुद्ध खनिएका छन् । शनिबार राति रियलको मैदानमा भएको खेलमा २–१ गोलले हारेपछि स्पेनिस स्टार पिके रेफ्रीविरुद्ध मैदानमै खनिएका थिए ।

गए राति स्पेनिस ला लिगामा बार्सिलोना साविक विजेता रियल मड्रिडसँग २–१ गोलले स्तब्ध भएको थियो । रियलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जेमा र टोनी क्रुसले समान एक–एक गोल गरेका थिए भने बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काएका थिए ।

cura insider

खेलको १३औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा क्रुसले गोल गरेपछि पहिलो हाफभरि रियलले २–० गोलको अग्रता बनायो ।

६०औँ मिनेटमा मिन्गुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । ९०औँ मिनेटमा घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । क्यासेमिरो रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए ।

खेल सकिएपछि पिके र रेफ्री जेसस गि मन्जानो एकसाथ मैदानबाहिर निस्कनेक्रममा थिए । त्यसबीचमा उनी मन्जानोविरुद्ध आक्रोश पोख्दै बोल्दै थिए । रेफ्रीमाथि झम्टिँदै गएका पिकेलाई छुट्याउन बार्सिलोनाका अफिसियल टिमका एक सदस्य लागिपरेका थिए ।

तर, उनले ‘मलाई बोल्न देऊ, मलाई बोल्न देऊ’ भन्दै मन्जानो नकिज गएर आफूहरूलाई कम समय दिएको भन्दै रिस पोखे । उनले रेफ्रीलाई भनेका थिए, ‘तपाईँले हामीलाई थोरै अतिरिक्त समय दिनुभयो र मैदानबाट निस्कन धेरै समय लगाउनु भयो ।’

https://twitter.com/TheMessiguyy/status/1380994094470729740?s=20

बार्सिलोनाले रियललाई नतिजा सुम्पिँदा ला लिगाको उपाधि होडमा क्याटलान क्लबलाई सकस परेको छ ।

जितसँगै रियलले एथ्लेटिको मड्रिडलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । उसले ३० खेलमा ६६ अङ्क जोडेको छ । समान अङ्क भएको एथ्लेटिको दोस्रो स्थानमा झरेको छ । एथ्लेटिकोले २९ खेल खेलेको छ । ३० खेल खेलेको बार्सिलोना भने ६५ अङ्कसहित तेस्रो स्थानमा छ ।

एल क्लासिकोअगाडि बार्सिलोना उपाधि होडमा अब्बलजस्तो देखिएको थियो । यस खेलमा अङ्क मात्र बाँडेको भएपनि बार्सिलोनालाई त्यति सहज हुने थिएन । तर अब उसले आगामी खेलमा जित मात्र होइन शीर्ष स्थानको रियल र एथ्लेटिकोको हारको कामना गर्नुपर्ने देखिएको छ ।

jackson ribon