birat ribon

म्याजिक भ्यान पल्टिँदा दुईको मृत्यु

Neuro
म्याजिक भ्यान पल्टिँदा दुईको मृत्यु

चितवन / चितवनको भरतपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

cura insider

मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो । रासस

jackson ribon