birat ribon

बारम्बार पिसाब लाग्नु गम्भीर रोगको सङ्केत हुन सक्छ

Neuro
बारम्बार पिसाब लाग्नु गम्भीर रोगको सङ्केत हुन सक्छ

विराटनगर / शरीरको भित्री प्रणालीमा अनावश्यक पर्ने पानी वा अन्य तत्वलाई पिसाबको रूपमा निष्काशन गरिन्छ ।

स्वस्थ व्यक्तिका लागि प्रतिदिन औसत दुईदेखि तीन लिटर पानी आवश्यक हुन्छ । पानीको आवश्यकता केही सर्तअनुसार कम वा बढी हुन सक्छ । त्यहीअनुसार पिसाब निष्काशन हुनेगर्छ । सामान्यभन्दा बढी अर्थात् दिनमा तीन लिटरभन्दा बढी वा उमेरअनुसार चार मिलि प्रति केजीभन्दा बढी पिसाब लाग्छ भने यो असामान्य हुन्छ ।

cura insider

सामान्यभन्दा धेरै छिटोछिटो पिसाब लाग्छ र प्रत्येकपटक असामान्य तरिकाले बढी मात्रामा पिसाब लाग्छ भने यो गम्भीर रोगको सङ्केत हुन सक्छ । शरीरले लिएको तरल पदार्थभन्दा धेरै पिसाब हुँदा डिहाइड्रेसन हुनसक्छ जसको तुरुन्तै उपचार गर्नुपर्ने हुन्छ । समयमा उपचार नगरेमा अन्य गम्भीर समस्याका साथै मृत्युसमेत निम्त्याउन सक्छ ।

मुत्रनली वा मृगौलामा समस्या भएका कारण पनि छिटोछिटो पिसाब लाग्ने समस्या हुनसक्छ । सुन्निएको बेलामा खाने औषधि, पिसाबको मात्रा बढाउने औषधि, क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिको सेवनका कारण पनि छिटोछिटो पिसाब लाग्ने समस्या हुनसक्छ । त्यस्तै, गर्भावस्थको समयमा, प्रोस्टेटको समस्या, मृगौलाको कार्यमा परिवर्तन भएमा, पत्थरीको समस्या भएमा पनि छिटोछिटो वा पटक–पटक पिसाब लाग्ने हुन्छ ।

पिसाब वा मृगौलामा सङ्क्रमण, मृगौला रोग, अत्यधिक कफी, रक्सीको सेवन, टाइप ट र टाइप २ डाइबेटिज, युटिआई, एन्जाइटीको समस्या भएकामा छिटोछिटो वा पटक–पटक पिसाब लाग्ने हुन्छ । साथै, एन्टेरियर प्रोल्याप्स, सिस्टिसिस, भ्याजिनाइटिस, बिनिन प्रोस्ट्याटिक हाइपरप्लासियालगायतका रोगका कारण पनि छिटोछिटो वा पटक–पटक पिसाब लाग्ने हुन्छ ।

jackson ribon