birat ribon

काेराेनाकाे दाेस्राे लहर : विराटनगरमा एकै दिन भेटिए १३ सङ्क्रमित

Neuro
काेराेनाकाे दाेस्राे लहर : विराटनगरमा एकै दिन भेटिए १३ सङ्क्रमित

विराटनगर । विराटनगरमा एकै दिन १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार विराटनगरमा मात्रै १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार प्रदेश १ मा २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जस मध्ये विराटनगर महानगरपालिकामा ४ महिला ९ पुरुष गरी १३ जना छन् ।

cura insider

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिकामा १ जना महिला, झापाको गौरदह नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा २ जना महिला १ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना पुरुष र प्रदेश १ बाहिरका १ जना गरि २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

याे सँगै प्रदेश १ मा दाेस्राे लहर सुरू भएपछि सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९२ पुगेकाे छ ।

jackson ribon