birat ribon

सौराहमा छैनन् विदेशी पर्यटक

Neuro
सौराहमा छैनन् विदेशी पर्यटक

चितवन / नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरू मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा लकडाउनपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन् ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेस्टुरेन्ट आधा क्षमतामा सञ्चालन भइरहेको व्यवसायीहरूको गुनासो छ । अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् ।

cura insider

असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षाअनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौँ सौराह अभियान’ सञ्चालन गरेका थिए । त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी सुरु गरेपछि भने व्यवसायीहरूलाई केही राहत मिलेको छ । यस्तै आन्तरिक पर्यटक आउने क्रम पनि बढेको छ ।

कोरोना सङ्क्रमणको जोखिम रोकथामका लागि एक वर्ष अघिदेखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौँको क्षति भएको व्यवसायीहरूले बताउँदै आएका छन् । तरपनि राज्यले दिने भनेको सुविधा कागजी जटिलताका कारण लिन नसकेको गुनासो व्यवसायीहरूको छ । राहत प्याकेजमा साहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलब्ध गराउनुपर्ने क्षेत्रीय होटल सङ्घ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताए ।

कोरोना सङ्क्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नका लागि निजी र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने अवस्था छ । यसका साथै व्यवसायीहरूलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेजलाई व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ ।

jackson ribon