birat ribon

भिडभाड नगर्नुहोस् भनेका हौँ, विद्यालय बन्द गरौँ भनेका छैनौँ : प्रवक्ता गौतम

Neuro
भिडभाड नगर्नुहोस् भनेका हौँ, विद्यालय बन्द गरौँ भनेका छैनौँ : प्रवक्ता गौतम

काठमाडौँ / स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिन नदिन २५ जनाभन्दा माथि भेला नहुन र अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पनि कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ लहर फैलनसक्ने अवस्था देखिन लागेकोले बढी भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको बताए ।

cura insider

शिक्षण संस्थाहरूको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस भने गरिनसकिएको उनको भनाइ छ । ‘हामीले धेरै भिडभाड नगर्नुहोस् भनेका मात्र हौँ, अहिले नै विद्यालय बन्द गरौँ भनेर सिफारिस गरिएको होइन ।’ गौतमले भने ।

नयाँ खाले युके भेरियन्टबाट बच्न कसरी अगाडि बढ्ने भन्नेबारे कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा छलफल हुने उनले बताए । स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था भयावह हुनसक्ने गौतमको भनाइ छ ।

jackson ribon