काठमाडाैँ / नेपाली काङ्ग्रेसले प्रमुख नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने भएको छ ।
राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नका लागि काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह तीन बजेका लागि माओवादी र जसपाका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।
सत्ता समीकरणबारे छलफल गर्न देउवाले काङ्ग्रेस, माओवादी र जसपाका शीर्ष नेतालाई बैठकमा बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गर्न लागिएको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।