birat ribon

विराटनगरलाई खेलकूद केन्द्रको रूपमा विकास गर्ने : मुख्यमन्त्री राई

Neuro
विराटनगरलाई खेलकूद केन्द्रको रूपमा विकास गर्ने : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई खेलकूद केन्द्रको रूपमा विकास गर्ने बताएका छन् । प्रदेश–१ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’ को फ्लड लाइट (रात्रि बत्ती) मा बिहीबार साँझ विराटनगरको सहिद रङ्गशालामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

cura insider

उनले खेलकूदको विकासमार्फत यस क्षेत्रमा आर्थिक चलायमान गराउने प्रतिबद्धता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि गर्नुपर्ने विस्तारको लागि लागि तीन तहको सरकारको सहयोग आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, विराट गोल्ड कप ट्रष्टका संयोजक सन्तोष बानियाँ लगायतले यस क्षेत्रमा फुटबल खेलको विकासमा गोल्ड कप प्रतियोगिताले सहयोग पु¥याउने विचार व्यक्त गरे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: