birat ribon

नेपाल सुपरलिगको मुख्य प्रयोजक खुकुरी

Neuro
नेपाल सुपरलिगको मुख्य प्रयोजक खुकुरी

काठमाडौँ / पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ ।

cura insider

राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौतापछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ ।

सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रङ्गशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा शाहबीच सम्झौतापत्रमा हस्तक्षर भयो ।

मुख्य प्रायोजकको अनुबन्धमा संलग्न रकमबारे दुवै पक्षले खुलाएनन् । सम्झौता नेपाली खेलकुदका लागि प्रायोजनमा कीर्तिमान बराबरका हुने आयोजकले दाबी गरिएको छ ।

त्यस कार्यक्रमका अवसरमा आयोजकका तर्फबाट चौधरी कार्कीले कोभिड १९ ले सिर्जना गरेको नयाँ परिस्थितिमा सबै प्रकारका स्वास्थ्य मापदण्ड पूरा गरी प्रतियोगिता हुने निश्चित भएको बताइन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: