birat ribon

प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजयी

Neuro
प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजयी

विराटनगर / नेपाल पत्रकार महासङ्घ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । बुधबार भएको निर्वाचनमा घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको हो ।

cura insider

नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरूको साझा प्यानलको रूपमा चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल विजयी भएको हो ।

घिमिरेले प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेदवार बनेका मोहनकाजी न्यौपानेलाई एक सय ९६ मतान्तले पराजित गरे । घिमिरेले सात सय ९३ मत प्राप्त गरे भने न्यौपानेले पाँच सय ९७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षतर्फ आठ सय दस मत प्राप्त गर्दै लवदेव ढुङ्गाना निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी प्ररोहित राईले पाँच सय ९७ मत पाए ।

महिला उपाध्यक्षतर्फ कोकिला ढकाललाई उछिन्दै हिमादेवी चेम्जोङ निर्वाचित भएकी छन् । चेम्जोङले आठ सय २६ मत पाउँदा ढकालले पाँच सय ७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतमले फिफाराज बेघालाई उछिने । गौतमले आठ सय १९ मत प्राप्त गरे भने बेघाले पाँच सय १३ मत पाए ।

सचिवमा देवेन्द्र कार्की आठ सय ६२ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अविजाल विष्टले पाँच सय १३ मत पाए । यस्तै सचिव समावेशीतर्फ सन्तोष यादव विजयी हुँदा कोषाध्यक्षमा विमल लामिछाने निर्वाचित भए ।

यस्तै सदस्य पदमा सुरेन्द्र भण्डारी, लीलाराज झापाली, ध्रुव भट्टराई, तोयानाथ भट्टराई र गोपालप्रसाद पोखरेल विजयी भए । महिला सदस्यमा विनु तिम्सिना, माला पालुङ्वा र सुशीला पाठक निर्वाचित भए ।

दलित सदस्यमा विपी दियाली निर्वाचित भए भने जनजाति सदस्यमा विष्णु सुब्बा र यमकुमार दनुवार विजयी बने । मधेसी सदस्यमा प्रमोदकुमार यादव र ब्रम्हदेव यादव निर्वाचित हुँदा अल्पसङ्ख्यक सदस्यमा लीलाबहादुर सुनुवार निर्वाचित भए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: