birat ribon

विराट गोल्डकप : पहिलो हाफमा विराटनगर र सिक्किमको बराबरी

Neuro
विराट गोल्डकप : पहिलो हाफमा विराटनगर र सिक्किमको बराबरी

विराटनगर / छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अहिले विराटनगर–११ र सिक्किम युनाइटेडले प्रतिस्पर्धा गरिरहेका छन् । विराटनगरस्थित सहिद रङ्गशालामा जारी खेलको पहिलो हाफ विराटनगर र सिक्किमले १–१ गोलको बराबरीमा सकिएको छ ।

cura insider

खेलमा विराटनगरले सुरुआती अग्रता बनाएको थियो । त्यसको केही समयपछि नै सिक्किमले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको हो ।

यस खेलमा दुवै टोली सुखद सुरुआत गर्ने दाउमा छन् । आजबाट सुरु भएको प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने भएका छन् । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् ।

नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् । विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: