birat ribon

खोप अभियानमा अफ्रिका छायाँमा, हालसम्म दुई प्रतिशतले लगाउन पाए खोप

Neuro
खोप अभियानमा अफ्रिका छायाँमा, हालसम्म दुई प्रतिशतले लगाउन पाए खोप

विराटनगर / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिका कोरोना भाइरसविरुद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको जानकारी गराएको छ । डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन् ।

cura insider

उनले अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू भएको उल्लेख गरे । विशेषगरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधाअन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको बताउँदै उनले हालसम्म दुई प्रतिशतले मात्र खोप लगाउन पाएको जानकारी गराए ।

संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकताअनुसारको यातायात साधनको उपलब्धतामा समस्याका साथै अन्य ब्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: