birat ribon

एनभिए भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई, न्यु डायमन्डलाई महिलातर्फको उपाधि

Neuro
एनभिए भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई, न्यु डायमन्डलाई महिलातर्फको उपाधि

विराटनगर / पाँचौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ ।

cura insider

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो ।

चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो ।

जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ । यसअघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो । उपाधि उचालेको न्युडायमन्डले पुरस्कारस्वरुप तीन लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले एक लाख ७५ हजारमा चित्त बुझायो । तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त ग¥यो ।

यस्तै पुरुष तर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । यसअघि बुधबार भएको समूह चरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको थियो ।

हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । तीन भारतीय खेलाडीलाई कोर्टमा उत्रारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ । उपविजेता एपिएफले एक लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त ग¥यो । चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो । प्रतियोगितामा महिलातर्फ छ र पुरुषतर्फ सात टोलीले सहभागिता जनाएका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: