birat ribon

निर्माता वाग्लेको ‘विवेक’ मा अभिनेता विपिन कार्की

Neuro
निर्माता वाग्लेको ‘विवेक’ मा अभिनेता विपिन कार्की

विराटनगर / निर्माता माधव वाग्ले यतिबेला फिल्म निर्देशन गर्ने सुरसार कस्दै छन् । तर उनको यो सपनालाई विभिन्न कारण र बाहनाले बाधा पुर्‍याइरहेको छ । केही समय अगाडि उनले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ बनाउने घोषणा गरेका थिए । तर, भुवन केसीले ‘लक’ भइसकेको स्क्रिप्ट तोडमोड गरेको भन्दै उनले ३० लाख बुझेर फिल्मबाट हात झिके ।

cura insider

यसपछि उनले चलचित्र विकास बोर्डमा फिल्म ‘हिमानी’ दर्ता गरे । अहिले आएर उनी अर्को प्रोजेक्टको तयारीमा लागेका छन् । आफ्नै प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा निर्माता वाग्ले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् ।

निर्माता वाग्लेले लोकनाथ कोइरालाले लेखेका फिल्म ‘विवेक’ निर्देशन गर्ने भएका छन् । फिल्मको मुख्य कलाकारका लागि अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का फाइनल भइसकेका छन् भने अन्य कलाकारहरूका लागि अडिसन गरिने भएको छ ।

निर्माता वाग्लेले आफ्नो फेसबुकमा सो जानकारी गराउँदै फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । फिल्मको अडिसन चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: