birat ribon

युके भेरिएन्टका कारण नेपालमा सङ्क्रमण बढ्दो

Neuro
युके भेरिएन्टका कारण नेपालमा सङ्क्रमण बढ्दो

विराटनगर / नेपालमा पनि केही सातादेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ ।

cura insider

नेपालमा सङ्क्रमण बढ्नुको एक कारणमा पहिलेको तुलनामा अत्यधिक सङ्क्रामक (चाँडै सर्ने) हुने युके भेरिएन्ट भनिने बेलायतमा पहिलोपटक देखिएको कोरोनाको उत्परिवर्तित प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरूमध्ये नमुना परीक्षण गर्दा विगत केही हप्तामा युके भेरिएन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिएको छ । युके भेरिएन्टले छिटो सङ्क्रमण फैलाउने, बालबालिकामा पनि सङ्क्रमण हुने, कम उमेरका व्यक्तिहरूमा पनि बढी जटिलता हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा आइसियुमा उपचार आवश्यक पर्न सक्ने दर बढी हुने देखिएको छ ।

नेपालमा सङ्क्रमण बढ्नुको कारण पक्कै पनि अन्य भेरिएन्टहरू आएको सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा युके भेरिएन्ट मात्र वा अन्य कति प्रकारका भेरिएन्ट आएको थाहा छैन । भाइरस जुनसुकै प्रकारको भए पनि सङ्क्रमणको जोखिमबाट बच्नका लागि जोगिने उपाय एकै किसिमको भएको विज्ञहरूको भनाइ छ ।

मास्क लगाउने, साबुन पानीले हात दुने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गरे जुनसुकै प्रकारको कोरोना भाइरसबाट पनि जोगिन सकिन्छ । तर, नयाँ भेरिएन्ट पहिलेकको तुलनामा धेरै सङ्क्रामक भएकाले यी मापदण्ड गम्भीरताका साथ पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: