birat ribon

बूढीगङ्गा गाउँपालिका–२ कार्यालय भवन शिलान्यास

Neuro
बूढीगङ्गा गाउँपालिका–२ कार्यालय भवन शिलान्यास

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिका–२ को कार्यालय भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच भवनको शिलान्यास भएको हो ।

cura insider

कुल ९५ लाखको लागतमा बन्ने उक्त भवन आठ महिनामा निर्माण सम्पन्न गर्ने बताइएको छ । उक्त भवन निर्माणका लागि गाउँपालिकाबाट ४५ लाख र जिल्ला समन्वय समितिबाट ५० लाख बजेट विनियोजन भएको छ ।

भवन निर्माणका लागि समाजसेवी झुरनलाल चौधरी र मैनीदेवी चौधरीले जग्गा प्रदान गरेका छन् ।

शिलान्यास कार्यक्रममा बूढीगङ्गा–२ का अध्यक्ष रेवतीनारायण चौधरी, नेपाली काङग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेपाली काङ्ग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, मोरङ क्षेत्र नं. ६ (ख) का सांसद चुमनारायण तवदार, समाजसेवी माधवप्रसाद कोइराला, जितनारायण थापामगर, कविराज न्यौपाने, राजन केसीलगायतको सहभागिता रहेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: