birat ribon

पुलिसलाई हराउँदै अफ्रिकन रुट्स फाइनलमा, उपाधिका लागि सङ्कटाँसँग भिड्ने

Neuro
पुलिसलाई हराउँदै अफ्रिकन रुट्स फाइनलमा, उपाधिका लागि सङ्कटाँसँग भिड्ने

पोखरा / अफ्रिकन रुट्स १९औँ संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै अफ्रिकन रुट्स उपाधि नजिक पुगेको हो ।

cura insider

पोखरा रङ्गशालामा अफ्रिकन रुट्सलाई जिताउन बासेक र माैसाले समान एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाए ।

खेलकाे इन्ज्युरी समयमा माैसाले पुलिसलाई स्तब्ध बनाए ।

अब अफ्रिकन रुट्सले उपाधिका लागि सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सङ्कटा बुधबार भएको पहिलो खेलमा विभागीय टोली एपिएफलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।

अब फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद दस लाख एक हजार रुपैयाँ पाउनेछ भने उपविजेताले टिमले नगद पाँच लाख एक हजार प्राप्त गर्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: