birat ribon

कुन टिभी च्यानल हेर्नेबाट सुरु भएको झगडाले लियो तीन वर्षीया छोरीको ज्यान

Neuro
कुन टिभी च्यानल हेर्नेबाट सुरु भएको झगडाले लियो तीन वर्षीया छोरीको ज्यान

विराटनगर / भारतको बेङलुरुमा एक आमाले आफ्नै तीन वर्षीया छोरीको हत्या गरेकी छन् । घरभित्र टिभी हेर्ने क्रममा कुन च्यानल हेर्ने निउँमा परेको झगडामा बच्चाले बुबाको पक्ष लिएपछि २६ वर्षीया सुधाले छोरी बिनुथाको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

सुधाले छोरीलाई एउटा निर्माणाधीन घरमा लगेर घाँटी च्यापेर हत्या गरेको जनाइएको छ । हत्या गरेपछि सुधाले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सुधाले छोरीलाई घरबाहिर चाटको पसलमा लगेको र पैसा तिर्ने बेला छोरी हराएको जानकारी गराएकी थिइन् ।

अर्काे दिन निर्माणाधीन घर नजिकैबाट गएका मानिसहरूले बच्चाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुधा र उनका पति इरन्नालाई बोलाई शव पहिचान गराएको थियो । प्रहरीले सुधाको व्यवहार र बयान शङ्कास्पद भएको महसुस गरेपछि थप अनुसन्धान गर्दा सुधाले छोरीको हत्या गरेको स्वीकारेकी थिइन् ।

छोरीले आफूलाई भन्दा पिता इरन्नालाई धेरै माया गर्ने र उनको पक्ष लिएपछि छोरीको हत्या गरेको सुधाको भनाइ छ । प्रहरीका अनुसार इरन्ना बिहान ६ बजेदेखि राति आठ बजेसम्म काम गर्छन् र दिउँसो खाना खान घर आउँछन् ।

मङ्गलबारका दिन इरन्ना खाना खान आएको बेला उनकी छोरी टिभी हेरिरहेकी थिइन् । इरन्नाले रिमोट लिएर च्यानल चेन्ज गर्दै समाचार हेर्न बसेका थिए । यही क्रममा सुधाले इरन्नालाई धेरै समाचार हेरेको भन्दै कराउन थालिन् । सोही समय छोरी बिनुथाले आफ्नी आमालाई चुप लाग्न र बुबालाई टिभी हेर्न दिन भन्दै कराएकी थिइन् ।

उक्त कारण सुधालाई रिस उठेपछि सोही राति सुधाले आफ्नी तीन वर्षीया छोरी विनुथाको हत्या गरेकी हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: