birat ribon

एपेन्डिसाइटिसका कारण र लक्षण

Neuro
एपेन्डिसाइटिसका कारण र लक्षण

विराटनगर / एपेन्डिसाइटिस प्रायः सबै उमेर र अवस्थाका मानिसमा देखापर्ने रोग हो । एक वर्षभन्दा कम उमेरका बच्चामा एपेन्डिसाइटिस खासै हुँदैन ।

cura insider

उमेर बढेसँगै यसको जोखिम पनि बढ्दै जान्छ । २५ वर्षको उमेर समूहका मानिसमा एपेन्डिसाइटिस धेरै हुने पाइएको छ । त्यस्तै, किशोर अवस्थामा महिला र पुरुषमा एपेन्डिसाइटिस हुने सम्भावना उत्तिकै हुन्छ । तर, किशोर अवस्था कटेपछि महिलाको तुलनामा पुरुषमा एपेन्डिसाइटिस हुने समस्या धेरै हुने पाइएको छ ।

मौसम परिवर्तनको कारण हुने रुघाखोकीले (विशेष गरी बच्चा) सङ्क्रमण भएर एपेन्डिक्सको प्वाल बन्द गराउन सक्छ । अधिकांशमा वा ७० देखि ८० प्रतिशत एपेन्डिसाइटिस हुने कारण पेटमा हुने एपेन्डिक्सको प्वाल बन्द हुनु हो । शरीरमा भएको कुनै पनि सङ्क्रमण, एपेन्डिक्सको प्वालमा दिसा गएर बसेमा, कुनै खाना एपेन्डिक्समा गएर अड्किएमा, क्यान्सरको कारण, जुकाको कारण एपेन्डिक्स बन्द हुन्छ सक्छ ।

एपेन्डिक्स बन्द हुँदा त्यहाँको चिज बाहिर निस्कन नसक्ने हुँदा एपेन्डिक्स सुन्निन थाल्छ र यसको आकार पनि बढ्दै जाने हुन्छ । जसकारण एपेन्डिसाइटिस हुनेगर्छ । पेट दुख्नु नै एपेन्डिसाइटिसमा सबैभन्दा धेरै देखिने प्रमुख लक्षण हो । तर, यसमा हुने पेटको दुःखाइ अन्य रोगको भन्दा फरक किसिमको हुन्छ । एपेन्डिक्स भएको दाहिनेतिरको तल्लो पेट एक्कासि दुख्ने हुनसक्छ ।

सुरुमा नाइटोको वरिपरि दुख्ने, दुखाइ ६ देखि १२ घण्टासम्म रहने, दुखाइ बिस्तारै सरेर दाहिनेतिरको तल्लो पेटमा पुग्नेगर्छ । दुखाइ सँगसँगै वाकवाकी हुने, वान्ता हुने, ज्वरो आउने पनि हुनसक्छ । एपेन्डिक्स सुन्निएपछि त्यसको वरिपरिको भागलाई बचाउनका लागि आन्द्रा, पेटमा भएको झिल्लीले एपेन्डिक्सतर्फ वरिपरि घेरेर एक प्रकारको डल्लो (एपेन्डिकुलर लम्प) बनाउन थाल्छ ।

जसकारण सङ्क्रमण उक्त डल्लोबाट बाहिर जान पाउँदैन । लम्प बनिसकेपछि यसबाहेक शरीरको भन्दा पनि एपेन्डिक्समा भएका किटाणु धेरै शक्तिशाली भएको कारण एपेन्डिक्स वरिपरि पिप जम्ने, एपेन्डिक्सको बाटो बन्द भए एपेन्डिक्स फुट्ने हुन्छ । एपेन्डिक्स फुटेमा पेट वरिपरि दिसा रहने समस्या पनि हुनसक्छ ।

यसबाहेक सङ्क्रमण बढेर पिप जम्न थालेमा आन्द्रा हरू बन्द हुने, एपेन्डिक्सले पिसाब थैलीमा छोएमा पिसाबको सङ्क्रमण हुने, सेप्सिस हुने, दिसाको बाटोलाई छोएमा दिसा पातलो हुने, छिटो–छिटो जानुपर्ने वा झाडापखाला हुनेजस्ता लक्षण देखिन सक्छ । साथै, एपेन्डिक्सको कारण भएको सङ्क्रमण रगतको नसाबाट कलेजोमा पनि जान सक्छ । कजेलोमा सङ्क्रमण भएपछि कलेजोमा पनि पिप जम्न सक्छ ।

एपेन्डिसाइटिसको समस्या पत्ता लाग्नेबित्तिकै उपचार गर्नुपर्ने हुन्छ । एपेन्डिसाइटिस भएको पत्ता लागेपछि बिरामीको अवस्था, दुखाइको गम्भीरता, सङ्क्रमण भएको नभएको सबै कुरा हेरी शल्यक्रिया गर्नुपर्छ वा पर्दैन भनेर हेर्नुपर्ने हुँदा माथि दिइएका कुनै लक्षण देखिएमा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: