birat ribon

नेयमार वर्षमा एक साता मात्रै उत्कृष्ट

Neuro
नेयमार वर्षमा एक साता मात्रै उत्कृष्ट

विराटनगर / स्टार खेलाडीद्वय लियोनल मेससी र क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगकै इतिहासमा १६ वर्षयता पहिलोपटक क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिए ।

cura insider

बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग समग्रमा ५–२ ले हार्दै बार्सिलोना बाहिरिएको थियो । यस्तै इटालियन च्याम्पियन क्लब युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो ।

यसअघि सन् २००४–०५ को सिजन रोनाल्डो म्यानचेस्टर युनाइटेडमा छँदा र मेस्सीले बार्सिलोनाबाट खेलिरहँदा पनि क्वार्टरफाइनलमा दुवैलाई देख्न पाइएको थिएन । अन्तिम १६ को दुवै लेगमा युनाइटेड एसी मिलानसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यस्तै बार्सिलोना चेल्सीसँग समग्रमा ५–४ ले हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । तर सो सिजनयता मेस्सी र रोनाल्डोमध्ये कम्तिमा एकजनाले अन्तिम १६ माथिका खेल खेल्दै आएका थिए ।

तर रोनाल्डो र मेस्सी दुवै बाहिरिएपछि १६ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल राउन्डमा उनीहरूलाई देख्न पाइएन । यसै मौकाको चम्किने अवसर अर्का स्टार खेलाडी नेयमारसँग छ । उनले त्यसैअनुकुलको प्रदर्शन देखाउँदै आएका पनि छन् ।

तथापि, उनी वर्षभरिमा एक साता मात्र आफ्नो उत्कृष्टता प्रदर्शन गर्छन् । यस्तै भएको छ क्वार्टरफाइनलअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखसँगको खेलमा । बुधबार राति क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा पिएसजीले बायर्नलाई ३–२ गोलले हराउँदा नेयमारले दुई असिस्ट गरेका थिए ।

Picture

जर्मन क्लब बायर्नको मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले दुई गोल गर्दा मार्किन्होसले एक गोल गरेका थिए । जसमा नेयमारले एम्बाप्पे र मार्किन्होसको गोलमा पास मिलाएका थिए ।

ब्राजिलियन स्टार चोटबाट फर्किएयता आफ्नो उत्कृष्टतामा फर्किएका त छैनन् । तर बायर्नसँगको खेलको पहिलो हाफमा भने उनले एम्बाप्पे र मार्किन्होसको गोलमा असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैले उनी एक अविश्वनीय खेलाडीका रूपमा अस्वीकार्य छैनन् तर समस्याचाहिँ के हो भने यति मात्र पर्याप्त छैन । वर्षको एक साता उनी विश्वकै उत्कृष्ट खेलाडी बन्छन् । सम्भवतः यसको प्रमुख कारण भनेको नेयमार अधिकांश समय चोटका कारण मैदानबाहिर रहनु पनि हो ।

Picture

पिएसजीले बायर्नमाथि जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब पुनः १३ अप्रिलमा पिएसजी र बायर्नले एक-अर्काको सामना गर्नेछन् । यस खेलमा भने नेयमारलाई मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगमा नभएको माैकाको फाइदा उठाउने अवसर छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: