birat ribon

कोभिड–१९ बाट निको भएकामा डिप्रेसन र डिमेन्सियाको जोखिम : अध्ययन

Neuro
कोभिड–१९ बाट निको भएकामा डिप्रेसन र डिमेन्सियाको जोखिम : अध्ययन

विराटनगर / पछिल्लो ६ महिनामा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिमा डिप्रेसन, डिमेन्सिया, साइकोसिस र स्ट्रोक हुने बढी सम्भावना रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

cura insider

कोरोना भाइरसबाट सङ्क्रमित भएको एक तिहाइ जनसङ्ख्यामा मनोवैज्ञानिक वा न्युरोलजिकल समस्या देखिएको छ । त्यसमध्ये पनि अस्पतालमा भर्ना भएका तथा आइसियूमा भर्ना भएका सङ्क्रमितमा जोखिम धेरै रहेको पत्ता लगेको हो ।

ल्यान्सेन्ट साइकिआट्री जर्नलमा प्रकाशित अध्ययननका लेखकहरूले तनावका प्रभाव र भाइरसले दिमागमा प्रत्यक्ष प्रभाव पार्ने औँल्याएका छन् ।

बेलायतका अनुसन्धानकर्ताले अमेरिकाका १५ लाख सङ्क्रमितमा निको भइसके पनि उनिहरूमा ब्रेन हेमोरेज (मस्तिष्कमा रक्तस्राव), स्ट्रोक, पार्किन्सन, गुइलिन–बार सिन्ड्रम, डिमेन्सिया, मनोविकृति, मुड परिवर्तन, एन्जाइटीलगायत १४ मनोवैज्ञानिक वा न्युरोलोजिकल समस्यामध्ये एउटा विकास गर्ने सम्भावनाको अध्ययन गरिएको थियो ।

कोभिडको सङ्क्रमणबाट निको भइसके पनि १६ प्रतिशतमा मनोवैज्ञानिक वा न्युरोलजिकल समस्या देखिएको छ । त्यसमध्ये सबैभन्दा धेरैलाई अर्थात् २४ प्रतिशतलाई एन्जाइटी, डिप्रेसन र मुड परिवर्तन भएको पाइएको छ । आइसियूमा भर्ना भएका सङ्क्रमितमा यो समस्या २८ प्रतिशत थियो भने डिलिरियमको लक्षण भएका ३६ प्रतिशत बढेको पाइयो ।

त्यस्तै, कोरोनाबाट निको भएका दुई प्रतिशतलाई एन्जाइटी भएको देखिएको छ । र, सङ्क्रमणका कारण आइसियुमा भर्ना भएर निको भएका सात प्रतिशतमा स्ट्रोक र डिलिरियमको लक्षण भएका नौ प्रतिशत बढेको पाइयो । कोरोनाबाट निको भएका ०.७ प्रतिशतमा डिमेन्सिया भएको देखिएको थियो भने यो दर डिलिरियमको लक्षण भएका पाँच प्रतिशत बढेको पाइयो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: