birat ribon

पत्रकार महासङ्घ मोरङको अध्यक्षमा सञ्जीव खनाल

Neuro
पत्रकार महासङ्घ मोरङको अध्यक्षमा सञ्जीव खनाल

विराटनगर / नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा खनाल छ मतले विजयी भएका हुन् ।

cura insider

प्रेस चौतारीका खनालले ९८ मत ल्याएका थिए भने प्रेस युनियन, प्रेस सङ्गठनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार शङ्कर खरेलले ९२ मत ल्याए । यस्तै उपाध्यक्षमा भने संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी भए । उनी आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा चार मतले विजयी भए ।

यसैगरी महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य एक सय सात मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी प्रेस चौतारीकी चिना थापाले ७५ मत पाइन् ।

सचिवमा चौतारी नेत्रप्रसाद अधिकारी विजयी भए । नेत्रले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–सङ्गठनका हरि अधिकारीले ९४ प्राप्त गरेका थिए ।

त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै पर्शुराम निरौला विजयी भए । यसैगरी कोषाध्यक्षमा सुमन सुस्केरालाई अभयकुमार राईले उछिने ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: