birat ribon

भाेलि बस्ने भनिएकाे काङ्ग्रेस केन्द्रीय समिति बैठक ३० गतेलाई सर्‍याे

Neuro
भाेलि बस्ने भनिएकाे काङ्ग्रेस केन्द्रीय समिति बैठक ३० गतेलाई सर्‍याे

काठमाडाैँ/ भाेलिका लागि बाेलाइएकाे नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

cura insider

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ३० गते बस्ने गरी बैठक स्थगित गरिएकाे हाे ।

‘नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रवार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: