काठमाडौं/ बिहीबार बस्ने प्रतिनिधिसभाको बैठककाे कार्यसूचीबाट सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हटाइएकाे छ ।
प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँवानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हाे ।
बुधबार प्रकाशित सम्भावित कार्यसूचीमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक’को प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले प्रस्तुत गर्ने उल्लेख थियो ।
विकास समितिबाट यो विधेयक पारित भएको १५ महिना नाघिसकेको छ । १३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।