birat ribon

रगत जम्ने समस्यालाई दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने

Neuro
रगत जम्ने समस्यालाई दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने

विराटनगर / अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाएका धेरै व्यक्तिको दिमागमा असामान्यरूपमा रगत जमेको (ब्लड क्लट) फेला परेको छ ।

cura insider

युरोपेली सङ्घमा औषधि नियमन गर्ने निकायले खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने जनाएको छ । युरोपमा देखापरेका ८६ वटा रगत जम्ने समस्याको अध्ययनपछि युरोपियन मेडिसिन एजेन्सी (इएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो ।

खोपले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनबाट जोगाउनुका साथै ज्यान पनि जोगाइरहेको छ । इएमएकी कार्यकारी निर्देशक इमर कुकले उमेर, लिङ्ग वा रगत जम्ने समस्या पहिले नै भएको अवस्था जस्ता जोखिमका कुनै निश्चित कारक हुनसक्नेबारे कुनै प्रमाण फेला नपरेको बताएकी छन् । रगत जमेको अधिकांश अवस्था ६० वर्षभन्दा कम उमेरका महिलाहरूमा देखिएको बताइएको छ ।

तर, युकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्षभन्दा मुनिका मानिसहरूलाई अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको सट्टा अन्य खोप दिइनुपर्ने सुझाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएको जनाएको छ । साथै, विश्वव्यापी रूपमा २० करोड मानिसहरूले एस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने निकै दुर्लभ पाइएको छ ।

जर्मनीमा हालसम्म २७ करोड मानिसहरूलाई दिइएको कोरोना खोपमध्ये ३१ जनामा रगत जम्ने समस्या देखिएको र नौ जनाको मृत्यु भएको छ । त्यस्तै, युकेका पछिल्ला तथ्याङ्कअनुसार खोप लिइसकेका एक सय ८० लाखमध्ये ३० जनामा रगत जम्ने समस्या भएको र ती बिरामीमा प्लेटलेटको सङ्ख्या अत्यधिक कम भएको र यसका कारण सात जनाको ज्यान गएको छ ।

अहिलेसम्म मस्तिष्कमा रगत जम्ने समस्या भेटिएका बिरामीलाई पहिले नै समस्या थियो वा थिएन भनेर पत्ता लगाउन सकिएको छैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: