birat ribon

जोशीको १३औँ पुण्यतिथिका अवसरमा दीप प्रज्ज्वलन

Neuro
जोशीको १३औँ पुण्यतिथिका अवसरमा दीप प्रज्ज्वलन

विराटनगर / नेपाल विद्यार्थी सङ्घ मोरङले नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । सङ्घले विराटनगरको बरगाछीमा बुधबार बेलुका श्रद्धाञ्जली व्यक्त गरेको हो ।

cura insider

कार्यक्रममा बोल्दै युवा नेता प्रभाकर थापाले नवीन्द्रराज जोशी शालिन स्वभावका नेता भएको बताए । थापाले भने, ‘जोशीमा सङ्गठनलाई कसरी प्रभावकारी बनाउने भन्ने राम्रो ज्ञान थियो ।’ उक्त कार्यक्रममा बोल्दै दीपक चापागाईंले नेपाल विद्यार्थी सङ्घमा काम गर्ने व्यक्तिहरूले जोशीको सिद्धान्त अवलम्बन गर्नुपर्ने बताए । नेविसङ्घ मोरङका अध्यक्ष देवचन्द्र घिमिरेले स्वर्गीय नेतालाई स्मरण गर्दै उनको मार्गदर्शक भनाइ र गराइलाई युवा पुस्ताले अवलम्बन गरेर उनको सपना साकार गर्नुपर्ने बताए ।

श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस जिल्ला सचिव मोदराज घिमिरे, जिल्ला पूर्वसचिव सञ्जय भट्टराई, महासमिति सदस्य दामोदर कोइराला, रन्जित झा, सूचि चौधरी, प्रमिला गच्छदार, केन्द्रीय विभाग सदस्य जनार्दन निरौला, विद्यार्थी शाखा प्रमुख राजु मास्के, तरुण शाखा प्रमुख सञ्जय मण्डल, उद्योग शाखा प्रमुख राजेश गुप्ता, नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव चेतराज रेग्मी, तरुण दल जिल्ला अध्यक्ष प्रभाकर थापालगायत सहभागी थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: