birat ribon

जबर्जस्ती करणी मुद्दामा तीन र चोरीमा संलग्न तीन जना पक्राउ

Neuro
जबर्जस्ती करणी मुद्दामा तीन र चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर / प्रहरीले जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट २ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ । विराटनगर महानगरपालिका–१५ रानीका ४० वर्षीय दिनेश साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २४ गते पक्राउ गरेको हो ।

cura insider

त्यसैगरी, जबर्जस्ती करणीकै मुद्दाका दुई फरार अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी–१ का २५ वर्षीय अवधेश राय र सोही स्थानका २४ वर्षीय गणेश दासलाई चैत २४ गते धनकुटाको भेडेटारबाट पक्राउ गरेको छ । उनीहरूले चैत १६ गते एक महिलालाई जबर्जस्ती करणी गरी फरार थिए । उनीहरूमाथि जबर्जस्ती करणी उद्योग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, चैत २४ गते मसला चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बूढीगङ्गा गाउँपालिका–३ शान्ति चोकमा रहेको सेन्चुरी मसला उद्योगबाट मसला चोरी गर्ने बूढीगङ्गा गाउँपालिका–६ सखुवाटोकीका २५ वर्षीय सुरज चौधरी, सङ्खुवासभा धर्मदेवी नगरपालिका–२ तामाफोकका ३७ वर्षीय जितेन विक र चोरीको मसला खरिद गर्ने ४२ वर्षीय सन्तोष साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरी र विकले उद्योगबाट १५ बोरा सेन्चुरी मसला चोरी गरी दुहवी नगरपालिका–५ दुहबी वजारमा रहेको साहको माँ भगवती किराना पसलमा बेच्न भनी लगिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: