birat ribon

बालबालिकामा पनि हुनसक्छ कोरोना सङ्क्रमण

Neuro
बालबालिकामा पनि हुनसक्छ कोरोना सङ्क्रमण

विराटनगर / कोरोना भाइरसको अत्यधिक सङ्क्रामक हुने नयाँ भेरिएन्ट भेटिएसँगै बालबालिकामा पनि केभिड सङ्क्रमणको जोखिम बढेर गएको छ ।

cura insider

अन्यको तुलनामा बालबालिका सङ्क्रमणको कम गम्भीर प्रकारबाट ग्रस्त हुन्छन्, लक्षण गम्भीर हुने समयमा ढिलाइ हुने गरेको बताइएको थियो । तर, अध्ययनले कोरोना भाइरसको पत्ता लागेका विभिन्न नयाँ प्रकारले बच्चाहरूलाई पनि आक्रमण गर्नसक्ने पत्ता लगाएको छ । पहिलेको तुलनामा दुईदेखि १६ वर्षका सङ्क्रमित बालबालिकाले कोभिडका धेरै लक्षण देखाउन थालेका छन् ।

हार्बर्ड हेल्थको रिपोर्टमा उल्लेख गरिएअनुसार बच्चाहरू भाइरसका कारण धेरै प्रकारको समस्याबाट पीडित हुन सक्छन् । केही लक्षणविहीन हुन सक्छन् वा केहीले कम लक्षण विकास गर्न सक्छन् । दीर्घकालीन प्रतिरक्षा समस्या भएका एमआइएस–सी (शरीरका विभिन्न भाग सुन्निने समस्या) को जटिलताबाट पीडित हुन सक्छन् ।

ज्वरो, रुघाखोकी, टाउको दुखाइ कोभिडका मुख्य लक्षण हुन् । तर, बच्चाहरूमा कोभिडले फरक तरिकाको लक्षण देखाउन सक्छ । बालबालिकामा, लगातार ज्वरो, स्किन र्यास, कोभिड टोज (सुन्निएको तथा रातो हातखुट्टाका औला), आँखामा समस्या, शरीरको दुखाइ, जोर्नीको दुखाइ, वाकवाकी लाग्ने, पेटसम्बन्धी समस्या, रातो, फुटेको ओठ वा अनुहार र ओठमा निलो डाम देखिनु, मुड परिवर्तन हुने, छिटो रिसाउने, निद्रा, थकान र सुस्तीलगायतका लक्षण देखिए कोभिडको जोखिम हुनसक्छ ।

कोभिड १९ ले बच्चाहरू र शिशुहरूलाई पनि असर गर्न सक्छ । जबकि साना बच्चाहरूमा सङ्क्रमणका लक्षण पत्ता लगाउन गाह्रो हुन सक्छ । तर, छालामा समस्या, दाग तथा फोका देखिएमा, उच्च तापक्रम, भोक नलाग्ने, छिटो रिसाउने, बान्ता, मांसपेशीमा दुखाइ, ओठ र छाला सुन्निएमा कोभिडको सङ्क्रमण भएको हुनसक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: