काठमाडाैँ / विश्वव्यापी महामारी बनेकाे काेराेना भाइरसकाे दाेस्राे लहर नेपालमा पनि फैलिन थालेपछि त्रास फैलिएकाे छ ।
विशेषतः बढी संवेदनशील मानिएकाे क्षेत्र स्कुल कलेजमा यसकाे त्रास बढी छ । विद्यार्थीहरू विद्यालय जान डराइरहेका छन् भने अभिभावक पनि पठाउन हिच्किचाइरहेका छन् ।
काेराेनाकाे लहरलाई मध्यनजर गर्दै काठमाडौं विश्वविद्यालयले पठनपाठनलाई अनलाइनमा केन्द्रित गर्ने भएको छ। सूचना जारी गर्दै केयुले कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।
विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण पठनपाठन अनलाइनमार्फत नै हुने जनाएको छ।
